दफा १३
सेवा उपभोगका शर्तहरू तोक्न र सेवा शुल्क असूलउपर गर्न पाउने

(१) अनुमतिपत्र प्राप्त व्यक्तिले आफूले विकास गरेको जलस्रोतको उपयोगको सेवा अन्य कसैलाई आपसी शर्तको आधारमा उपलब्ध गराउन र त्यस्तो सेवा वापत शुल्क असूलउपर गर्न सक्नेछ ।
(२) नेपाल सरकारले विकास गरेको जलस्रोतको उपयोगको सेवा अन्य कसैलाई उपलब्ध गराए वापतको सेवा शुल्क तोकिएबमोजिम निर्धारण गरी असूलउपर गर्न सक्नेछ ।